दमास्कस, फागुन १० । एक प्रतिष्ठित व्यवसायीले विदेशी प्रतिबन्धका कारण सिरियाको अर्थव्यवस्था कमजोर भइरहेको गुनासो गरेका छन्। सिरियाका पूर्वराष्ट्रपतिका छोरा फैसल अल कुदसीले राष्ट्रपति बसर अल असदको सरकार अब बढीमा ६ महिना टिक्न सक्ने बताए। उनले भने, 'प्रदर्शनकारीविरूद्ध हुने सैन्य कार्वाही ६ महिनासम्म मात्र हुन सक्छ। सुरक्षाकर्मी निकै थाकिसकेका छन् र अब उनीहरू कतै जान चाहँदैनन्। त्यसैले हत्याहिंसा त्यागेर वार्ता गर्नुको विकल्प छैन।'
फैसलका अनुसार सिरियाको तेल निर्यातमा प्रतिबन्ध लागेको कारण कुल ग्राहस्थ्य उत्पादनमा नराम्रो असर परेको छ। त्यस्तै पर्यटन क्षेत्र बिग्रिएकोले पनि अर्थव्यवस्था कमजोर भएको उनले बताए। उनले सिरियाको घरेलु उत्पादनमा ४५ प्रतिशतले कमी आएको बताए।
सिरिया सरकारले इरानबाट सहयोग पाइरहेको जानकारी उनले दिए तर त्यो सहयोग अपुग रहेको उनको भनाई छ। उनले सिरियाका व्यवसायीवर्ग राष्ट्रपति असदको समर्थनमा नरहेको पनि स्पष्ट गरे। सिरियामा थप ६ महिना मुलुकको अवस्था यस्तै द्वन्द्वग्रस्त र कमजोर रहने हो भने लाखौं मानिस सडकमा हुने उनले बताए। राष्ट्रपति असदविरूद्ध गत वर्षको मार्च महिनादेखि आन्दोलन भइरहेको छ। यो ११ महिनामा सात हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको दाबी मानवअधिकारकर्मी बताउँछन्। तर, राष्ट्रपति असदले अहिले पनि अन्त्यसम्म लडाइँ लडिरहने अडान लिँदै आएका छन्।
सरकारले भने सशस्त्र आतंकवादीसँगको लडाइँमा करिब दुई हजार सुरक्षाकर्मीको मृत्यु भएको दाबी भएको छ। सिरियामा रहेका प्रख्यात व्यवसायीले राष्ट्रपति असदको सत्ता आर्थिक प्रतिबन्धको कारण पल्टिने आशंकसा गरेका छन्। आर्थिक नोक्सानीले राजनीतिमा असर गरिरहेको विश्लेषक बताउँछन्।
फैसल अल कुदसीको सम्बन्ध यस्तो परिवारसँग रहेको छ जसको लामो राजनीति इतिहास रहेको छ। त्यसैले उनको कुरालाई गम्भीर रूपमा लिनुपर्ने बीबीसी संवाददाता बताउँछन्। फैसल अहिले लण्डनको एक बैंकिङ संस्थाका प्रमुख हुन्। उनले विशेष गरेर सिरियाको निजी क्षेत्रमा हुने लगानीको लागि महत्वपूर्ण काम गर्दै आएका छन्।
सिरिया सरकारविरोधी नेताहरूका अनुसार शनिबार राजधानी दमास्कसमा अन्त्येष्टीका लागि भेला भएका मानिसमाथि सेनाले गोलाबारी गर्दा एकजनाको मृत्यु भएको छ। गोलाबारीमा अन्य कैयौं घाइते भउको बताइएको छ। शुक्रबार सरकारविरोधी प्रदर्शनमा सेनाको गोलाबारीमा मृत्यु भएकाहरूको अन्तिम संस्कार भइरहेको समयमा हिंसा मच्चेको थियो। त्यति बेला अन्त्येष्टीमा आएका हजारौं मानिसले राष्ट्रपति असदको विरोधमा नाराबाजी गरेपछि सुरक्षाकर्मीले गोलाबारी गरेको जानकारीमा आएको छ। त्यस्तै आइतबार पनि होम्स शहरमा गोलाबारी भइरहेको जानकारी प्रदर्शनकारीले दिए।
यसैबीच सिरियाको सरकारी समाचार एजेन्सी सानाले पश्चिमोत्तर सिरियामा एक न्यायाधीश र एक सरकारी वकिल मारिएका छन्। इदलिब शहरमा हतियारधारी आतंककारी समूहले उनीहरू चढेको गाडीमा गोलाबारी गरी हत्या गरेको जानकारी अधिकारीले दिए। शनिबार मात्र चीनले सिरियाका राष्ट्रपति बसर अल असदको जनमतसंग्रह गर्ने योजनाको समर्थन गरेको छ। सिरिया सरकारले प्रदर्शनकारीमाथि दमन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा चीनले असदद्वारा अगाडि सारिएका जनमतसंग्रह र बहुदलीय निर्वाचनको योजनालाई समर्थन गर्ने स्पष्ट गरेको छ।
चीनका उपविदेशमन्त्री जाइ जुनले राष्ट्रपति असदसँग भेटवार्ता गरेपछि ११ महिनादेखि भइरहेको द्वन्द्व अन्त्य गर्न सबै पक्षलाई आग्रह गरे। असदले गत बुधबार फेब्रुअरी २६ मा जनमतसंग्रह गर्ने र त्यसपछि बहुदलीय निर्वाचन गर्ने घोषणा गरेका थिए। तर सिरियाका विपक्षी तथा अमेरिकालागयत पश्चिममा मुलुकले यो प्रस्तावको विरोध गरेका थिए। –एएफपी
काठमाडौं, फागुन ७ । चिनियाँ उपराष्ट्रपति सिजिनपिङ्ले हालै गर्नुभएको संयुक्त राज्य अमेरिकाको भ्रमणको बिश्व राजनीतिमा बिशेष चर्चाको बिषय भएको छ। केही समय अघिदेखि नै उपराष्ट्रपतिको यो भ्रमणका क्रममा अमेरिका र चीनकाबीचमा द्विपक्षीय व्यापारिब सम्झौता गर्ने तयारी गरिरहेको बताउने गरिएको थियो। चिनियाँ उपराष्ट्रपति सि जिनपिङ अमेरिकापछि आयरल्याण्ड र टर्कीको पनि भ्रमणको क्रममा हुनुहुन्छ। अमेरिकाका उपराष्ट्रपति जो विदेनको मैत्रीपूर्ण निमन्त्रणामा उहााले गर्नुभएको अमेरिकाको भ्रमणले दुई देशको सम्बन्ध सुदृढिकरण गर्नुका साथै बिश्व शान्तिमा पनि बलदिने ठानिएको छ। चीन र अमेरिकाबीच बिभिन्न मुद्धाहरुमा बिाद रहेकै बेला भएको यो भ्रमणले ठूलो महत्व र दुरगामी प्रभाब राख्ने निश्चित छ। त्यसैगरी आयरल्याण्डका प्रधानमन्त्री एन्दा केनी र टर्कीका राष्ट्रपति अब्दुल्लाह गुलको मैत्रीपूर्ण निमन्त्रणामा उपराष्ट्रपति जिनपिङ्ले ती देशको भ्रमण शुरु गर्नुभएको छ। उपराष्ट्रपति जिनपिङ्ले आगामी फेब्रुअरी २२ तारिख ( फागुन १० गते ) सम्म ती देशको दशदिने भ्रमण गर्ने कुराले खासगरी पश्चिमा मुलुकहरुमा बिशेष चर्चा पाएको छ। अमेरिका भ्रमणका क्रममा यी दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ पार्ने विषयमा कुराकानीका साथै व्यापार सम्झौता भएको बताइएको छ। सोही कारण नै उहाँको भ्रमण दलमा चिनियाा बिदेशमन्त्री, चिनियाँ बाणिज्य तथा व्यापार मन्त्रीका साथै विभिन्न व्यापारिक प्रतिनिधिमण्डल पनि रहेका छन्। चीनले अमेरिकासाग आगामी दिनमा व्यापार सन्तुलनको कामलाई व्यापकतासाथ अघि बढाउने प्रयास गरिरहेको सन्दर्भमा यो भ्रमण निक्कै महत्वपूर्ण ठानिएको छ। चीनले आगामी दिनमा अमेरिकासागको द्विपक्षीय व्यापारलाई अर्थपूर्णतथा सन्तुलित बनाउने हिसाबले काम हुने र यसबाट यी दुई देशकाबीचको व्यापार सम्बन्धलाई नै थप प्रभावकारी बनाउन सघाउ पुग्ने धेरैको बिश्लेषण रहेको छ। चिनियाँ उपराष्ट्रपतिले आफ्नो अमेरिका भ्रमणकाक्रममा अमेरिकासागको विभेदपूर्ण व्यापार सम्बन्धका उठेका प्रश्नहरुबो पनि कुरा गर्नु भएको थियो। चीनसागको व्यापार घाटाको विषयमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले बारम्बार अमेरिकी भनाईहरु सार्वजनिक गर्ने गरेको अवस्थामा चिनियाा पक्षबाट भएको यो पछिल्लो भ्रमण र छलफलले चीन र अमेरिका सम्बन्धलाई सामान्यीकरण गर्ने प्रयास गरेको देखिएको छ। विश्वका दुई ठूला अर्थतन्त्रहरुकाबीचको यो व्यापारिक तीतोपनालाई मेटाउने काममा उपराष्ट्रपति जिनपिङ्को भ्रमण केन्द्रित रहेको जानकारहरुले बताएका छन्। विगतका केही महिनायतादेखि विश्वका यी दुई ठूला अर्थतन्त्रकाबीचमा द्विपक्षीय व्यापार विषयमा असमझदारीको विकास भइ आएको थियो। अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनसागको व्यापार लगानी र सम्बन्धबाट अमेरिकी अर्थतन्त्रको सुधारका लागि पनि अपेक्षा गरेको बताउनुभएको थियो । यसका माध्यमबाट हालैका केही महिनायतादेखि अमेरिकामा देखा परिरहेको बेरोजगार अवस्थामा सुधार ल्याउने प्रयासमा उहाँ रहनुभएको थियो। तर सो बमोजिम यी दुई देशबीचमा काम भने हुन सकिरहेको थिएन। चिनियाँ वाणिज्य उपमन्त्री गाओ हुचेङ्ले यी दुवै देशले हाल देखापरिरहेको व्यापार असन्तुलनको अवस्थालाई सम्बोधन गर्नका लागि आपसमा सामुहिक प्रयास गर्नु जरुरी रहेको र उपराष्ट्रपतिको भ्रमणले त्यसमा बल दिएको बताउनु भएको छ। अमेरिकासागको व्यापार असन्तुलनको अवस्था रहेको चिनियाँ अधिकारीहरुले स्वीकारी सकेका छन्। अब त्यसलाई सहीरुपमा नै प्रयोगमा ल्याउनका लागि दुवै देशको सामूहिक कार्य जरुरी ठानिएको छ। आर्थिक संरचनाको निर्माणका क्रममा यो व्यापार असन्तुलनको विषयलाई दुवै देशका तर्फबाट अधिकारीहरु बसेर विस्तारै हलगर्दै लैजानुपर्दछ भन्ने ब्याख्या र बिश्लेषण पनि हुँदैआएको छ। अमेरिकामा लगानी गर्न खोजीरहेका चिनियाँ कम्पनीहरुका लागि अमेरिकी सरकार पनि तटस्थ रुपमा सोच्नुपर्छ र सोही दृष्टिकोणका साथ अघि बढ्नुपर्दछ भन्ने कुराहरु पनि आएका छन्। त्यसैगरी चीनको तिब्बतमा आत्मदाहको निरन्तर घटना त्यहाँ चिनियाँ अधिकारीहरूको थप कडा दमनप्रतिको अमेरिकी प्रतिक्रियाका बारेमा पनि चीन र अमेरिकाका नेताहरु बीच छलफल भएको हुनसक्ने अनुमान गरिएको छ। भारतको उत्तरी नगर धर्मशालामा रहेको प्रवासको तिब्बती प्रशासनले अन्तर्राष्ट्रिय समुदायलाई यस प्रकारको हिंसा थप हुननदिन चिनियाा नेताहरूसाग तत्कालै प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका थिए। त्यसैगरी यूरोपमा बढ्दो आर्थिक मन्दीको प्रभाव चीनमा पनि देखिन सक्ने संभावना बढेको विश्लेषकहरुले जनाएका छन्। युरोपको हाल निकै नै जोखिमपूर्ण अवस्थामा रहेको ऋण संकटले विश्व अर्थतन्त्रलाई मन्दीमा पनि लानसक्ने संभावना रहेको उनीहरुको अनुमान छ। यदि यो अवस्थाले युरोपलाई चरम आर्थिक मन्दीको अवस्थामा लग्यो भने चीनको वार्षिक आर्थिक वृद्धि यस वर्ष करिब आधाले कटौती हुने र यसले बेइजिङलाई पनि कुनै न कुनै रुपमा दबाव दिने अन्तर्राष्ट्रिय मुद्राकोषले बताएको छ।
गत साता प्रकाशित चाइना इकोनमिक आउटलुकले अन्तर्राष्ट्रिय मुद्राकोषको विश्व अर्थतन्त्रका लागि 'नकारात्मक' पूर्वानुमान अन्तर्गत करिब चार प्रतिशत विन्दुले कटौती हुनसक्ने देखाएको थियो। सो पत्रिकाले उपभोग्य करहरूमा कटौती, उपभोक्ताका लागि सहुलियत, लगानी विस्तारका लागि प्रोत्साहन, साना कम्पनीहरूका लागि वित्तीय सहयोग र कम मूल्य भएका आवासमा अधिक खर्चजस्ता क्षेत्रमा प्रोत्साहन उपायहरूलाई समावेश गर्नसकिने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको थियो। यस्तो खालको वित्तीय प्रोत्साहनले कुल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशत थप्ने पनि सो समाचारमा अनुमान गरिएको छ। साथै यसले आर्थिक उत्पादनमा भएको गिरावटलाई कमगर्न सहयोग गर्ने पनि मुद्राकोषले बताएको समाचारमा जोड दिइएको छ। गत जनवरीमा रोयटर्सले गरेको एक सर्वेक्षणले चीनको आर्थिक वृद्धि सन् २०११ को नौ दशमलव दुई प्रतिशतबाट आठ दशमलव चार प्रतिशतको मध्यमस्तरमा हुने सम्भावना रहेको देखाएको थियो। तर पछिल्लो समयमा आएर चीनको अर्थतन्त्रको विकास र यसका चुनौतीहरुका बारेमा पनि विभिन्न तहबाट सोच्न थालिएको छ। त्यसैगरी क्यानाडाका प्रधानमन्त्री स्टेफेन हारपरले गतसाता गर्नु भएको चीनको चारदिने भ्रमणलाई पनि चिनियाँ उपराष्ट्रपतिको अमेरिका भ्रमणसाग जोडेर हेर्ने गरिएको छ। प्रधानमन्त्री हारपरले एशियाली आर्थिक सम्पन्न राष्ट्र चीनसाग क्यानाडाले आगामी दिनमा उर्जा र अन्य व्यापारिक विषयमा आपसी हित र सम्बन्ध विस्तारका बारेमा छलफल गर्नु भएको थियो। चीनसागको व्यापारिक साझेदारीदाई अझ दिगो र बलियो बनाउनु नै प्रधानमन्त्री हारपरको चीन भ्रमणको प्रमुख उद्देश्य रहेको बताइएको थियो। चीन क्यानाडको दोस्रो ठूलो व्यापारिक साझेदार राष्ट्र हो। चीनसाग क्यानाडाले विगतका करिब दुई दशकमा व्यापारको मात्रा निकै वृद्धि गरिरहेको छ। विगतका दशकहरूदेखि बृद्धि भएको व्यापारिक मात्रा गतवर्षसम्म आइपुग्दा यसले करिब ५० अर्ब अमेरिकी डलरसम्मको व्यापार आदान–प्रदानको रूप लिएको छ। चीनको एक दैनिक पत्रिका दि चाइना डेलीले आफ्नो अनलाइन संस्करणमा– क्यानाडासाग हाम्रो राम्रो सम्बन्ध छ, यी दुई देशका बीचमा आधारभूत रूपमा खासै कुनै विवाद छैन भन्ने उल्लेख गरेको छ। चीन र क्यानाडाको व्यापारिक सम्बन्धका कारण यी देशका बीचमा मात्र नभई एशियाली क्षेत्रमा नै स्थायित्व र शान्तिका लागि ठूलो सहयोग पुग्दछ सो संस्करणमा भनिएको छ। यसरी चीनले एशियामा मात्र नभएर अमेरिकासम्म पनि आफ्नो ब्यापार ब्यबसाय बिस्तार गर्नुका साथै सम्बन्ध सामान्यीकरण गरेर बिश्वलाई आफ्ना रणनीतिहरुमा समाहित गर्ने/ गराउने प्रयास गरिरहेको देखिएको छ। यसबाट बिश्व राजनीतिमा भाबि दिनमा नयाा तरंग र परिणामहरु आउने निश्चित छ।
विराटनगर, फागुन ४ । चार वर्षअघि खाडी मुलुक साउदी गएकी इलामको चुलाचुली बस्ने वेदमाया कार्की अर्धचेतन अवस्थामा नेपाल फर्केकी छिन् ।
इलामको चुलाचुली १ मा काफ्ले थरकाको घरमा गोठालो बसेर गुजारा गर्दै आएकी वेदमायाकी आमा मनमायाले राहदानी बनाउने पैसा नभएपछि कानमा लगाएको सुनको माडवारी बेचेर छोरीलाई इलाम जिल्ला प्रशासनबाट राहदानी दिलाइदिएकी थिइन् । उनले त्यो बेला कानमा लगाएको माडवारी चार हजारमा बेचेकी थिइन् । हिंड्ने बेला आमाको कान बुच्चै देखेपछि वेदमायाले र्फकेर आमालाई सुनको भरिलो मडवारी किनिदिने वचन दिएकी हुन् ।
श्रीमान् र छोराको मृत्युले विक्षिप्त बनेकी मनमाया एक्ली छोरी पनि आफूबाट टाढा होस् भन्ने चाहन्न थिइन् । तर गाउँकै अरू दुई केटी पनि जाने भएपछि उनले बेलबारीको राई थरको दलालमार्फत वेदमायालाई साउदी पठाउन राजी भइन् ।
गाउँका अरूले पनि वैदेशिक रोजगारीमा गएर कमाएर घरबार राम्रो चलाएको देखेकी मनमायाले पनि छोरीले कमाएर ल्याएपछि सानो सुखी संसारको कल्पना गरिरहेका बेला एकाएक छोरीसँगको टेलिफोन सम्पर्क विच्छेद भएपछि मनमाया बेचैन भइन् । कुनै प्रयासबाट पनि छोरीको खबर नपाएपछि चिन्तित मनमायालाई १३ दिनअघि काठमाडौंबाट पासपोर्ट र डायरीमा भएको टेलिफोनका आधारमा कसैले फोन गरेपछि छाँगाबाट खसेजस्तै भइन् । उनले भनिन्, 'छोरी होइन, मुढो मात्र घर आइपुग्यो ।' साउदी अरबमा घरेलु कामदारका लागि गएकी वेदमायाले चार वर्षसम्म चरम मानसिक र शारीरिक यातना पाइन् । होसहवास सबै उडेपछि उनलाई घरमालिकले एयरपोर्टमा लगेर नेपालका लागि पठाइदिए । जहाजमा रहेका नेपालीले उनलाई सुरिक्षत राजधानी ओरालिदिए ।
नोबेल मेडिकल अस्पताल विराटनगरको मानसिक वार्डमा १२ दिनदेखि उपचार गराइरहेकी वेदमायाको होस फिरेको छ । उनलाई गाउँलेले चन्दा उठाएर उपचार गराएका हुन् । अहिले उनी आफन्त चिन्न र अलिअलि बोल्न सक्ने भएकी छन् । रातदिन घर सफा गर्न लगाउने, खान मागे तातोपानी शरीरमा खन्याएर चरम यातना दिने गरेकाले आफ्नो हालत यस्तो भएको उनले बताइन् । 'खाने र सुत्ने कुनै समय थिएन्, रातदिन काम गर्दा पनि यातना दिन्थे,' उनले भनिन्, 'शरीरभरि तातोपानी खन्याएर यातना दिन थालेपछि म भाग्ने प्रयास गरेँ तर उनीहरूले पक्रेर पुनः यातना दिँदै काममा लगाए ।'
नेपालगन्ज, फागुन ६ । भारतको उत्तर प्रदेशको बहराइच कारागारमा २७ नेपाली महिला कानुनी सहायता नपाएर बन्दी जीवन बिताउन बाध्य छन्।
बहराइच जेलका सुपरिन्टेन्डेन्ट एके सिंहले बहराइच कारागारमा तीन बालबालिका र २७ महिलासहित ६७ जना नेपाली बन्दी रहेको बताए। बन्दी महिलामध्ये ९० प्रतिशत महिला चरेस तस्करीमा पक्राउ परेको बताइएको छ।
मानव तस्करीका क्षेत्रमा काम गर्दै आएको माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार चरेस भरियाका रूपमा भारतमा पक्राउ परेका महिलाले अदालतमा वकालत गर्ने मानिस नपाउँदा बन्दी जीवन बिताउन बाध्य भएका हुन्।
लण्डन । बेलायत सरकारले वाषिर्क ३१ हजार पाउण्ड भन्दा कम आय हुने गैर युरोपेली नागरिकहरुको भिसा नथप्ने भएको छ ।
यसबाट बेलायतमा बस्दै आएका ८० प्रतिशत भन्दा बढी नेपाली आप्रबासीहरु नेपाल फर्कनुपर्ने अवस्था सिर्जन हुने देखिएको छ ।
बेलायतले प्रस्ताव गरेको नयाँ आप्रवासी नीतिले कम आम्दानी हुने युरोपेली संघ बाहेकका देशका नागरिकलाई ५ वर्षको भिषा अवधि सकिएपछि सम्बन्धित देश फर्काइने छ । यो कानुन बने नेपाली लगायत युरोपेली संघ बाहिरका अधिकांस आप्रवासी स्थायी रुपले बेलायत बस्न सक्ने छैनन् ।
आप्रवासन मन्त्रीले गएको साता बीबीसीसँग कुराकानी गर्दै बेलायती जिवनस्तर सुधार्ने खालका आप्रवासी मात्रै चाहेको बताएका थिए । साथै मध्यम खालका व्यवस्थापक र अदक्ष कामदारको खाँचो बेलायतमा नरहेको बताएका थिए ।
बेलायतमा पूर्वगोर्खा सैनिक सहित करीब १ लाख ५० हजार नेपाली रहेको अनुमान छ । बेलायतमा रहेका अधिकांस नेपालीको वाषिर्क आम्दानी १५ देखि २० हजार पाउण्ड -१८ लाख ६० हजार देखि २४ लाख ८० हजार रुपैयाँ) हाराहारी छ ।
बेलायत सरकारले सन् २०१५ को आमचुनाव अघि आप्रवासीको संख्या दशौँ हजारले कटौती गर्ने घोषणा गरिसकेको छ ।
We have 129 guests and no members online