काठमाडौं । निर्वाचन आयोगमा घाटा बजेट पेश गरेको नेकपा एमालेले आफ्नो दललाई करोडपति ब्यापारीहरुले नपत्याएको निष्कर्ष निकाल्दै गत आइतवार आफ्नै मुख्यालय बल्खुमा करोडपतिहरुको भेला बोलाएको छ ।
धेरै भन्दा धेरै ब्यापारीलाई सहभागी बनाएर पार्टीको आर्थिक अबस्था मजबुद बनाउने उदेश्यले बोलाइएको सो भेला धेरै ब्यापारिले बहिस्कार गरेपछि भने नेताहरुलाई पर्नु पीर परेको छ । भेलामा एक करोडभन्दा बढि कारोवार गर्ने ब्यापारीहरुलाई बोलाइएको थियो । तर एमालेले आफ्नो पार्टीको आर्थिक खम्बा मानेका ब्यापारीहरु भने बल्खुमा देखिएनन् ।
एमालेका आर्थिक खम्बा मानिने सिभिल होमका इच्छाराज तामाङ र भाटभटेनी सुपरमार्केटका साहु तथा प्रधान सेनापति छत्रमानसिंह गुरुङका सम्धी मीनबहादुर गुरुङलाई बल्खु बोलाइएको भएपनि उनी त्यहाँ आएनन् ।
कार्यक्रमको संयोजन गरेका थिए पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले । मारवाडी समुदायसँग राम्रो सम्बन्ध भएका र चन्दा उठाउन माहिर मानिने पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई भने सो कार्यक्रमबारे जानकारी नै नभएको बताइएको छ ।
चन्दादाताको भेला भन्दै एमाले अध्यक्ष झलनाथ खनाल, नेता माधवकुमार नेपाल, केपी ओली, बामदेव गौतम त्यहाँ पुगेको भएपनि भेला निराशाजनक भएपनि ओली र गौतम बिचमै घाम ताप्न निस्केका थिए ।
We have 146 guests and no members online