काठमाण्डौँ । ‘हिजो गाली गथ्र्यो, आज हामीलाई नै सिकाउँछ’ पार्टी महासचिव रामबहादुर थापा बादलले प्रशिक्षण दिइरहंदा एक खैरो टोपी लगाएका कार्यकर्ताले टिप्पणी गरे । कुपण्डोलस्थित नेवाः राष्ट्रिय मुक्ति मोर्चाको कार्यालयमा मंगलबार महासचिव रामबहादुर थापाले गोप्य प्रशिक्षण दिइरहेका थिए ।
एक महिनाअघि चितवन पुगेर पार्टी अध्यक्ष प्रचण्डलाई रअको एजेण्ट भएको दावी गर्ने तिनै बादलले कार्यकर्तासामु मिलेर आएको र पार्टीमा एकता भएको बताइरहंदा सुन्ने कार्यकर्ताले पचाउन सकेनन् । उनको टिप्पणी थियो- नेताहरुलाई लाज भन्ने हुँदो रहेनछ, हेर न हेर यसले बोलेको, हिजो के बोल्थ्यो ? आज के बोल्दै छ ?’
हलको बायाँतर्फको डायासमा थापा बोलिरहेका थिए तर उनका कुरा सुन्नुपर्ने कार्यकर्ता भने उनकै कुरा काटेर समय बिताइरहेका थिए । कार्यकर्तालाई त्यो प्रशिक्षण एकखाले यातना नै भएजस्तो देखिन्थ्यो । सिंह गर्जेजस्तो आबाज निकाल्ने परिचय बनाएका बादल त्यहां मलिन स्वरमा बोलिरहेका थिए ।
अर्को अचम्म, थापा बोलिरहंदा कार्यकर्ताहरु धमाधम बाहिर निक्लिइरहेका थिए । कोही कानेखुसी गरिरहेका थिए भने कोही हलभित्रै मजाक गरिरहेका थिए ।
सहभागी कार्यकर्ताले प्रशिक्षणमा पहिलेजस्तो रौनक नभएको बताए । ‘सधैभरि एउटै कुरा बोल्ने आखिर गर्ने चाहिं कसैले केही पनि होइनरहेछ ।’ एक कार्यकर्ताको भनाई थियो । डायसमा प्रशिक्षण दिन बसेका नेताहरु पनि कुरा गरिरहेका थिए,धेरै कार्यकर्ता त घाम ताप्नमै मस्त थिए ।
We have 189 guests and no members online