काठमाडौं । माओवादीका एक राज्यमन्त्री नै रक्तचन्दन तस्करीमा लागेको खुलेको छ। जलस्रोत राज्यमन्त्री सूर्यमान दोङ आफ्नै गाडिमा रक्तचन्दन चीनसम्म तस्करी गर्दै आएको स्रोतको भनाई । उनै दोङको संरक्षणमा चीनतर्फ निकासी हुँदै गरेको रक्तचन्दन प्रहरीले बरामद गरेको छ। तर काभ्रे प्रहरीले तन्दन तस्कर र चालकलाई भगाएर रक्तचन्दन बरामद गरेको नाटक गरेको छ।
बुधबार प्रहरीले सिन्धुपाल्चोकतर्फ लैजादै गरेको अवस्थामा दोलालघाटबाट एक सय ५० केजी रक्तचन्दन बरामद गरेको हो। बा.१ ख ७४३४ नम्बरको कन्टेनरमा लुकाएर लैजादै गरेको बेला प्रहरीले रक्तचन्दन बरामद गरेको हो। खाडी चेकजाँच गर्दा रक्तचन्दन बरामद गरी चालकलाई समेत पक्राउ गरिएको थियो। तर मोटो रकम लिएर चालकलाई भगाई रक्तचन्दन मात्र बरामद गरिएको प्रहरी स्रोतको दाबी छ। सई बिष्णुहरी नजालको प्रहरी टोलीले रक्तचन्दन बरामद गरेको हो। स्रोतका अनुसार चालक पक्राउ पर्दा अनुसन्धानको क्रममा तस्करहरुको पोल खुल्ने भएकाले तत्कालै डिल गरी चालकलाई भगाइएको थियो। स्रोतका अनुसार सो रक्तचन्दन राज्यमन्त्री दोङ, सिन्धुपाल्चोकका व्यापारी तथा माओवादीका अन्य नेताहरुको लगानीमा चीन पठाउन लागिएको थियो। त्यसरी चालक भगाउन काभ्रेका डिएसपी चक्रबहादुर सिंहको समेत मिलेमतो रहेको स्रोतको भनाई छ। पछिल्लो सयमा गृहमन्त्री विजयकुमार गच्छादारका सहयोगीसँग सेटिङ मिलाएर सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका केही पूर्वपदाधिकारी र नेपाल ट्रक कन्टेनर व्यवसायी संघका केही वर्तमान पदाधिकारीहरू लागिपरेको स्रोतको भनाई छ। चन्दन निकासी गर्दा केही गरि पक्राउ भयो भने कन्टेनरपनि पक्राउ पर्ने भएपछि कन्टेनर साहुहरूले कन्टेनर दिन छाडेको एक व्यवसायीले बताए।
We have 168 guests and no members online