काठमाडौं । नेपालमा केही यस्ता व्यक्ति छन् जो हरेक कामलाई भगवानको कृपासँग जोडेर हेर्दछन्। त्यसमा नेपालको व्यापारी समुदाय अगाडि छ। अझ त्यसमा पनि खासगरी नेपालमा मारवाडी व्यवसायीहरू यसमा अग्रपंक्तिमा छन्। त्यसकारण उनीहरू हरेक दिन १/२ घन्टा भगवानको नाममा बिताउने गर्दछन्। मारवाडी समुदायमात्र होइन प्रहरी अधिकारीहरूसमेत भगवान्मा धेरै विश्वास गर्दारहेछन्। प्रहरी अधिकारीहरूभगवानमा कतिधेरै विश्वास गर्छन् भन्ने कुराको पछिल्लो उदारण महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकामा भेटियो। महाशाखाका प्रमुख एसएसएपी देवेन्द्र सुवेदीले मारवाडी व्यवसायी पवन संघाईको अपहरणको प्रमुख अभियुक्त पूर्वमन्त्री श्यामसुन्दर गुप्ता लगायतलाई पक्राउ गरेपछि गत शनिबार बसन्तपुरको निलबराही मन्दिरमा कालो बोको काटेर पूजा गरेका छन्। स्रोतका अनुसार सो अनुसन्धानमा सफल भएको र अपराध महाशाखामा आफ्नो कार्यकाल सफल बनाउने कामनासहित एसएसपी सुवेदीले बोको काटेर पूजा गरी भोज खुवाएका हुन्।
संयोग कस्तो भने अपहरणमा परेका व्यापारी संघाई अपहरणमुक्त भएलगत्तै दुई घन्टा पशुपतिको मन्दिरमा गएर पूजापाठ गरेर फर्किएका थिए। अझ गत ७ पुसमा कमलादीको गणेशमन्दिरमा पूजा गरेर पशुपति जान खोज्दा उनी अपहरणमा परेका थिए। यसरी अपहरणमा पर्ने व्यापारीदेखि अपहरणकारीको पक्राउ गर्ने प्रहरीको समेत यो ईश्वरभक्तिको हनुमानढोकामा आजभोली निकै चर्चा हुन थालेको छ।
हुन त केरकार सरुवा भएलगत्तै एसएसपी सुवेदीले कार्यालयमा गएको दिन निलबहारी मन्दिरमा पूजा गरेर गएका थिए। केरकारमा बस्दा आफ्नो कार्याकाल सफल होस् भनेर उनले त्यसरी पूजा गरेरमात्र कार्यभार त सम्हालेका थिए। संघाई अपहरणको घटनामा सफल अनुसन्धान गरी सभासद् गुप्तालाई पक्राउ गरेपछि उनले सबैतर्फबाट बधाई पाइरेहका छन्। त्यही मौकामा उनले कालो बोको काटेर मन्दिरमा पूजा लगाएका हुन्।
रहस्यमय आरजु फन्दामा
उता प्रहरीले गुप्तालाई पक्राउ गरेको ठीक एक सातापछि गुप्ताकी एक सहयोगी महिला आरजु सुब्बालाई पक्राउ गरेको छ। अपराध महाशाखाको टोलीले उनलाई सोमबार बिहान नयाँबजारबाट पक्राउ गरेको हो। अनुसन्धानको क्रममा गुप्ताले फिरौती वापत लिएको ३१ लाख रुपियाँ सुब्बालाई दिएको खुलेपछि उनलाई पक्राउ गरिएको स्रोतको भनाई छ। महाशाखा स्रोतका अनुसार नेपाली कांग्रेसको समेत राजनीतिमा लागेकी ती महिला र गुप्ताको सम्बन्ध रहस्यमय छ। सुब्बाले व्यवसायिक कामका लागि गुप्तासँग २९ पुसमा आफूले ३१ लाख रकम लिएको बताएकी छिन्। विश्व किराँत संघकी उपाध्यक्ष समेत रहेकी सुब्बाको व्यापारको विषयमा केही खुलेको छैन। उनले आफूले लिएको रकममध्ये विभिन्न व्यक्तिलाई दिएको बताएकी छिन्। स्रोतका अनुसार गुप्तासँग उनको निकै निकट सम्बन्ध थियो। फिरौती वापतको रकम नै उनीसँग भएको प्रहरीको आशंका छ। व्यापारी संघाई अपहरणमा भने उनको संलग्नताको बारेमा खुलेको छैन। फिरौती लिइएकोमध्ये २० लाख उनले भाडामा लिएका व्यक्तिहरूबाँडेका थिए। त्यसमध्ये करिब २० लाख छोराको बिहेमा खर्च गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्। अन्य रकम उनले भारत पठाएको हुनसक्ने प्रहरीको भनाई छ।
गुप्ताले गत ७ पुसमा संघाईको अपहरण गरी एक करोड फिरौतीको सम्झौता गरेर गत २७ गते उनकै डिल्लीबजार निवास नजिकै छोडिदिएका थिए। सुरूमा गुप्ताले श्याम गिरी र अमर थापा नामक दुई युवालाई परिचालन गरी २५ करोड फिरौती मागिएको थियो। मधेस रेड आर्मीको नाममा त्यसरी फिरौती माग्न लगाई गुप्ताले ८५ लाख फिरौती लिएको बताइए पनि संघाई निटक स्रोत भने करिब दुई करोड फिरौती असुली गरिएको बताइन्छ। गुप्ता पहिलेदेखि नै भैरहवाका डनका रूपमा चिनिन्थे। गुण्डागर्दीबाटै उनी राजनीतिमा लागेका हुन्। सद्भावना पार्टीका अध्यक्ष समेत रहेका उनी पार्टीमा समेत गुण्डागर्दीमा गर्दथे। आफ्नो पार्टीलाई आधिकारिक बनाउन सद्भावना पार्टीका संस्थापक नेतृ आनन्ददेवीलाई उनले अपहरण गरेर समेत बन्धक बनाएका थिए। मन्त्री भएको बेेला सोही अभियोगमा उनीविरुद्ध अपहरण मुद्दा समेत दायर भएको थियो। गुप्ताले भने आफूलाई गच्छदार लगायतका नेताले फसाएको दाबी गर्दै आएका छन्।
We have 171 guests and no members online