Weekly Nepal

माओवादी सरकारमा कांग्रेसको राज

काठमाडौं, फागुन १२ । हरेक बर्ष माघ महिनामा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरुको सरुवा गर्ने निजामती सेवा ऐनको प्रावधान छ। त्यो प्रावधान अनुसार २ बर्ष पुगेका कर्मचारीहरुको सरुवा गर्दा यसपटक एमाओवादी नेतृत्वको सरकार भए पनि नेपाली कांग्रेस निकट कर्मचारीहरुले सरुवामा आकर्षक कार्यालयमा जाने मौका पाएका छन्। 

सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव र अधिकृतहरुले भ्रष्टहरुलाई नै आकर्षक कार्यालयबाट आकर्षकमा लगेका छन्। राजपत्रअनंकित कर्मचारीको सरुवामा अधिकृत लक्ष्मण थापा र उपसचिव रामुराज डरियाले आर्थिक लेनदेनकै आधारमा नीतिविपरीत सरुवा गरेका छन् भने अधिकृत र उपसचिवको सरुवामा उपसचिव युवराज अधिकारीले। काठमाडौं उपत्यकाका कार्यालयमा ८० प्रतिशत र उपत्यका बाहिर १० प्रतिशत सरुवा भएकाले सरुवामा अनियमितता भएको टे्रड युनियनका नेताहरुको भनाइ छ।

यसैक्रममा  कर्मचारी सरुवामा निजामती ऐन नियम मिचिएको र आर्थिक लेनदेनका आधारमा सरुवा भएको भन्दै ५ वटा ट्रेड युनियनहरु सरुवा रद्द गर्न माग गरे पनि प्रधानमन्त्रीले उनीहरुको माग सुनुवाइ नगरी घुूडा टेकाउने नीति लिएका छन्।  सरुवामा अनियमितता भएकोले रद्द गर्न माग गर्नेमा उनकै पार्टी समर्थक टे्रड युनियन पनि छ। तर उनले टे्रड युनियनको भनाइलाई बेवास्ता गर्दै सामान्य प्रशासन सचिवको संयोजकत्वमा समिति बनाएपछि सरुवा रद्द नहुने भएको छ । सचिवकै योजनामा कर्मचारीको सरुवामा अनियमितता भएको भन्दै उनलाई नै छानबिनको जिम्मा दिएकोमा टे्रड युनियनहरु आक्रोसित भएका छन्। उनीहरु सरकारको निर्णय नमान्ने भन्दै थप आन्दोलनका कार्यक्रममतिर लागेका छन्।

सामान्यको कर्मचारी प्रशासनमा बसी सरुवामा प्रिपेड घुस उठाउने उपसचिव युवराज अधिकारी र रामुराज दुवै एलडीओ हुनका लागि स्थानीय विकास मन्त्रालयमा सरुवा भएका छन्। एलडीओ पद केही बर्षदेखि उपसचिवका लागि निकै आकर्षक मानिने गरेको छ। विकास बजेटको ठूलो हिस्सा अनियमतिता गर्न पाइने भएकाले एलडीओ हुनका लागि ताछाडमडाड हुने गरेको छ। २०४८ सालदेखि स्थानीय विकास मन्त्रालयमा सरुवा भई विभिन्न जिल्लाको ९० एलडीओ भई अकूत आर्जन गरेका उद्धव तिमिल्सिना लगायतको ठूलो समूह स्थानीयबाट बाहिरिएको छ। 

स्थानीयबाट बाहिरिनेमा अकुत आर्जन गर्नेहरु गोपाल पराजुली, दिलीप चापागाई, दीपेन्द्र पौडेल, गुरु सुवेदी सबै स्थानीयबाट सरुवा भएका छन्। त्यस्तै गृहबाट छानीछानी कांग्रेस समर्थक उपसचिवलाई सरुवा गरी वामपन्थी समर्थक खेदिएको छ। गृहका १२ वामपन्थी समर्थक उपसचिवलाई संचार, उद्योग जस्ता मन्त्रालयमा सरुवा गरेको छ भने कांग्रेस समर्थक युनियनबाट राकसमा जाने नवप्रवेशीहरुलाई पनि पेलिनेमा परेका छन्।

Weekly Video

We have 185 guests and no members online