काठमाडौं, माघ १३ । चारबुँदे सहमति गरेर सरकारमा सामेल भएको मधेसी मोर्चा भित्र रडाको मच्चिएको छ। चार बुँदे सहमति कार्यान्वयन नभएको, सेनामा मधेसी भर्ना प्रकृया अघि नवढेको, समावेशी विधयेक अझै पास गर्न नसकेको भन्दै सरकारबाट वाहिरिनुपर्ने आवाज मोर्चा भित्र उठेको छ।
दोस्रो तहका मोर्चाका नेताहरुले सरकारमा रहनुको औचित्य समाप्त भएको भन्दै सरकारबाट बाहिरिन आ–आफ्नो पार्टीमा दवाव दिन थालेका छन्। सरकार गठन हुने बेला सरकारमा समावेश हुन खास गरि मधेसी दलहरु फुट्ने गर्छन भने अहिले सरकारबाट बाहिरिनु पर्ने भन्दै गुट–उपगुट सक्रिय हुन थालेका छन्।
We have 188 guests and no members online