काठमाडौँ, माघ १४ । मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकबिरुद्ध अभियान थालेको महानगरिय ट्राफिक प्रहरीले उनीहरुबाट अहिलेसम्म २७ लाख जरिवाना तिराएको छ ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी गणेश राईले यो अबधिमा ३ हजार ४ सय ३६ सवारी चालकलाई कारवाही गरिएको र उनीहरुबाट २७ लाख जरिवाना उठाइएको बताउनुभयो । गत मंसिर १७ गतेबाट सुरु गरिएको यो अभियानपछि राती अबेरसम्म रेष्टुरेन्टमा वसेर रक्सी पिउने र सवारी दुर्घटना हुने क्रम पनि घटेको राईले बताउनुभयो ।
अभियान सुरु भएपछि दैनिक सामान्य प्रकृतिका ९/१० वटामात्र दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । अभियान सुरु हुनुपूर्व करिव दुई दर्जनको हाराहारीमा दुर्घटना हुने गरेका थिए ।
We have 190 guests and no members online