Weekly Nepal

बालुवाटारबिरुद्ध सेती-महाकालीको बिद्रोह

काठमाडौँ, माघ १३ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो बिचार समूहका कार्यकर्ताको भेला उनी पक्षकै सेती महाकालीका कार्यकर्ताले बहिस्कार गरेका छन् ।

बुधबार प्रधानमन्त्रीको चर्को ब्यस्तताका बीच देशभरका भट्टराईपक्षीय कार्यकर्तालाई बालुवाटार बोलाइएको भएपनि उनी पक्षका ६३ जना नेता कार्यकर्ताले भेला बहिस्कार गरेका थिए । भेला बहिस्कार गर्नेमा एक केन्द्रीय सदस्य, ६० राज्यसमिति सदस्य र तीन जना सल्लाहाकार रहेका छन् ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भट्टराईले सेती महाकालीलाई उपेक्षा गरेका कारण गुनासो गरेका छन् । युद्धकालदेखि अहिलेसम्म सेती महाकाली क्षेत्रका कार्यकर्ताले भट्टराईलाई साथ दिएको भएपनि जम्बो मन्त्रीपरिषद्मा एक जना पनि सो क्षेत्रबाट नराखेको उनीहरुको गुनासो छ । यसरी बिद्रोह गर्नेमा छन सेती महाकाली क्षेत्रका प्रभावशाली नेता खगराज भट्ट पनि । आफ्ना मागहरु सम्बोधन नभएसम्म बाबुराम समूहको औपचारिक भेलामा नजाने उनले बताएका छन् । उता बाबुराम बिचारसमूहकै युवा नेता हेमराज भण्डारी लगायतका नेताहरुले सरकारको कार्यशैलीको खुलेर आलोचना गर्न थालेका छन् ।

Weekly Video

Life&style

Women

We have 185 guests and no members online