काठमाडौं, माघ १३ । बिनाविभागीय मन्त्री राजलाल यादवले पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएका छन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकबाट मन्त्री बनेका यादवले बिहीबार अध्यक्ष जेपी गुप्तालाई राजीनामा पत्र बुझाएका हुन् । ‘मलाई बिना विभागीय मन्त्री बनाउने पार्टी नै भएकाले पार्टीमा नै राजीनामा बुझाएको छु’ यादवले भन्नुभयो-’अब पार्टीमा आवश्यक छलफल हुन्छ ।’
यादवले प्रधानमन्त्रीलाई राजीनामा बुझाउन खोजेपछि समय नपाएको र सहकर्मीहरुले पनि पार्टीमा नै राजीनामा बुझाउन सुझाएको बताउनु भयो । मन्त्री बनेको लामो समयसम्म जिम्मेबारी नपाएको भन्दै मन्त्री यादवले राजीनामा दिने बताउँदै आउनु भएको थियो ।
आफूलाई कृषि मन्त्रालयलाई फुटाएर सहकारी तथा गरिबी निबारण मन्त्रालय दिलने सहमति भएपनि कार्यान्वयन नभएको उहाँको भनाई छ । यादव सिरहा-२ बाट प्रतयक्ष निर्वाचित सभासद पनि हुनुहुन्छ ।
We have 190 guests and no members online