दाङ, माघ १३ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारकै किचलोका कारण शान्ति र संविधानको काम रोकिएको बताउँदै तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नरहेको बताएका छन्। 'अबको समस्या प्रधानमन्त्रीको राजीनामा मात्र हो', प्रेस चौतारी दाङले गरेको कार्यक्रममा उनले भने- 'गाँठो फुकाउन राजीनामा दिएर सहमतिको सरकारको बाटो खुल्ला गरिदिनुपर्छ।'
प्रधानमन्त्रीले राजीनामा दिनाको साटो फेरि पनि आफ्नै नेतृत्वमा सहमतिको सरकार बन्छ भन्दै हिँड्नु नसुहाउँदिलो काम भएको खनालको टिप्पणी थियो।
आजदेखि घोराहीमा हुने एमाले राप्ती अञ्चलस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बिहीबार बेलुका दाङ आएका अध्यक्ष खनाल र पार्टी सचिव शङ्कर पोखरेलले दाङका पर्यटकीयस्थल बाह्रकुने ताल र पाण्डेश्वर मन्दिरको पनि अवलोकन गरेका छन्।
We have 185 guests and no members online