Weekly Nepal

मंसिरमा अमेरिकी सुरक्षा मिशनको भ्रमण

काठमाडौ, कात्तिक १४ । बर्तमान सरकार गठन भएपछि अमेरिकी, बेलायती र भारतीय गुप्तचर र सुरक्षा अधिकारीहरुको चलखेल नेपालमा अत्यधिक बढेर गएको देखिएको छ। यसैक्रममा आगामी मंसिरमा 'सुरक्षा र बिकासको मिशन' को भ्रमण हुने भएको छ। जसको प्रबन्ध गर्न भन्दै अमेरिकी सुरक्षा अधिकारीहरु देशका बिभिन्न भागमा नेपालको सुरक्षा स्थितिबारे बुझ्दै हिंडेको र उनीहरुले कुटनीतिक मर्यादा समेतको उलंघन गरेर सुरक्षा अधिकारीहरुलाई भेटेको बताइएको छ। गत साता अमेरिकी विदेश मन्त्रालय र काठमाडौस्थित अमेरिकी राजदुतावासका उच्च अधिकारीहरुले द्वन्द र विकासको अवस्था अध्ययन गर्नेभन्दै मध्य पश्चिमका सुरक्षा अधिकारीहरुलाई भेटेको बताइएको थियो।

अमेरिकी विदेश मन्त्रालयको कुटनीतिक सुरक्षा विभागका सुरक्षा सहचारी केनेट पे जोन सहितका सुरक्षा अधिकारीले बाँके लगायतका तराई क्षेत्रको स्थिति बुझेको थाहा भएको छ। नेपालस्थित अमेरिकी राजदुतावासका क्षेत्रीय सुरक्षा अधिकृत रोगरभान्स फ्रोर्ड सहायक क्षेत्रीय सुरक्षा अधिकृत क्यानेथ के जेन्स र सुरक्षा अनुसन्धानकर्ता सुभाष श्रेष्ठ सहितको टोलीले प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुलाई भेटेर जानकारी लिए लगत्तै नेपालगञ्जमा गृह मन्त्रालयको आयोजना र गृहमन्त्रीको अध्यक्षतामा सुरक्षा अधिकारीहरुको समीक्षा बैठक समेत बसेको थियो। बर्तमान सरकारले नेपालको सुरक्षा, परराष्ट्र र आन्तरिक श्रोतकाबारेमा बिदेशीहरुसँगको परामर्शमा काम गर्न थालेको देखिएको छ। 

Weekly Video

We have 158 guests and no members online