Weekly Nepal News
        <description>Weekly Nepal News</description>
WeeklyNepal News
            <description>Weekly Nepal News</description>
संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत
            <description> कोइराला―प्रम नेपालझलनाथ―पुष्पकमल दाहाल र भारतीय राजदूतबीच सहमतिका लागि छलफल काठमाडौ।  राजनीतिक गतिरोध अन्त्यगरी संसद सुचारु गर्न सहमति खोज्नका लागि भएको प्रमुख तीन दलको बैठक संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत भएको छ।  सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस तथा आन्दोलनरत एनेकपा माओवादीबीच माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकमा साझा संकल्प प्रस्ताव तयार गरी पुनः भोलिको बैठकमा सहमती गर्ने भएका छन्। नेकपा माओवादीले सदनमा दर्ता गराउन खोजेकै प्रस्तावलाई परिवर्तन गरी साझा संकल्प प्रस्ताव तयार गरिने भएको छ।  माओवादीले आफूले दर्ता गराउन खोजेकै संकल्प प्रस्तावमा छलफल हुनु पर्ने अडान भने त्यागेको छ। प्रस्तावमा राष्ट्रपतिलाई पूर्ण संवैधानिक बनाउने हुने विषयमा पनि सहमति भएको छ।  साथै प्रस्तावमा सेना सरकारको नियन्त्रण रहने भन्ने विषय पनि समेटिने छ।  माओवादीको संकल्प प्रस्तावलाई परिवर्तन गरी एमालेका तर्फबाट तयार गरिएको प्रस्तावमा पनि छलफल भएको थियो। उता माओवादीले भने आफूहरुले उठाएका विषयहरु साझा प्रस्तावमा समेट्नु पर्ने बताएको छ। बैठकपछि कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले  बैठक सौहार्दपूर्ण एवम् खुलस्त भएको जानकारी दिनुभयो। भोलि नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले एकीकृत नेकपा (माओवादी)द्वारा प्रस्तावित साझा सहमतिको सङकल्प प्रस्तावको खाका तयार गरी बैठकमा छलफल गरेर सहमतिमा पुर्‍याइने जानकारी पनि उहाँले दिनुभयो। नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पत्रकारहरूसँग बैठक सकारात्मक रहेको बताउँदै समयमै संविधान निर्माण गर्न थप गृहकार्यका लागि भोलिसम्म बैठक स्थगित भएको जानकारी दिनुभयो। एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो दलद्वारा प्रस्तावित सङ्कल्प प्रस्तावमा साझा सहमति ल्याउन नेकां र एमाले सकारात्म देखिएकाले बैठक सकारात्मरुपमा अघि बढेको र दुबै दलले भोलि तयार गर्ने खाकाले अहिलेको गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।  वार्तामा नेपाली काङ्ग्रेसका महामन्त्री विमलेन्द्र्र निधि र प्रवक्ता अर्जुननरसिंह केसी, नेकपा एमालेका सचिव युवराज ज्ञवाली र नेत्री उर्मिला अर्याल तथा एनेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टराई सहभागी हुनुहुन्थ्यो।   यसैबीच संसदको गतिरोधबाट सरकार अप्ठयारोमा परेपछि सहमतिका लागि प्रधानमन्त्री माधव कुमार नेपालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भेटि सहमतिका लागि पहलका लागि आग्रह गरेको छन्।  उता नेकपा एमालेका अध्यक्ष र माओवादी अध्यक्ष दाहाललबीच पनि छलफल भएको छ।  उता भारतीय राजदूतले पनि दाहालसँग गोप्य भेटघाट गरेका छन्। </description>
हवाई एम्बुलेन्स संचालनका लागि सहयोग जुटाउन बानेश्वरमा श्रीमद्भागवत् सप्ताह सुरु 
            <description>काठमाडौ। नेपालमा पहिलोपटक परिकल्पना गरिएको खाद्य बैङ्क र हवाई एम्बुलेन्सको व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन नयाँ बानेश्वरमा श्रीमद्भागवत् सप्ताह महायज्ञ शुभारम्भ भएको छ। गरिबी र भोकमरीका साथै मुलुकको जटिल भौगोलिक अवस्थाको कारण हवाई एम्बुलेन्सको आवश्यकता महसुस गरी युवा समूहले सो कार्यको परिकल्पना गरी अभियान आरम्भ गरेका हुन्। प्रधानमन्त्री माधवकुमार नेपालले सो महायज्ञको आज उद्घाटन गर्दै अभियानको सफलताका लागि शुभकामना दिनुभयो। वाचन प्रवीण कहिलिनु भएका पण्डित दीनबन्धु पोखरेलबाट कथा वाचन हुने सो महायज्ञमा उठेको सबै रकम खाद्य बैङ्क र हवाई एम्बुलेन्सको सञ्चालनका लागि कोषमा राखिने छ। स्वास्थ्यका लागि खाद्यान्न नेपाल नामक ११८ युवा संलग्न संस्थाले आजैबाट नेपालमा हवाई एम्बुलेन्सको सुरुआत गरेको जनाएका छन्। अर्को व्यवस्था नहुन्जेलसम्मका लागि फिस्टेल एयर प्रालिसँग सो संस्थाको प्राकृतिक प्रकोप राहत कोषअन्तर्गत प्राकृतिक प्रकोप, कठिन प्रसूति र एपेन्डिसाइटिसजस्ता जटिल समस्या  भएका व्यक्तिको उद्धारका लागि सम्झौता पनि गरेको बताइएको छ। सो अवसरमा प्रधानमन्त्री नेपालले आम जनताको लागि गर्न खोजिएको सो धार्मिक अभियानले थोपा थोपाले समुद्र बनेझैँ ठूलो कार्य गर्नेछ भन्नुभयो। प्रधानमन्त्री नेपालले धर्मको नाममा रुढीबादी परम्परालाई त्यागेर कसैलाई गर्ने सहयोगलाई नै धर्म मान्ने परम्परा बन्दै गएको छ भन्दै अरुको उपकार नै पुण्य र अरुलाई दुःख दिनु पाप हो भन्ने धारणा धार्मिक अनुष्ठानले स्थापना गरिरहेको बताउनुभयो । धर्मलाई सामाजिक रुपान्तरण र सामाजिक सुधारको रुपमा लिनुपर्ने विचार व्यक्त गर्दै प्रधानमन्त्री नेपालले धर्मले सबैको भाषा, संस्कृति, जातजातिमा धार्मिक सद्भाव ल्याएर समृद्ध नेपाल बनाउन सहयोग पुर्‍याउनु पर्छ भन्नुभयो। उहाँले सो अवसरमा वर्तमान सरकारद्वारा धार्मिक सहिद घोषणा गरिएका पण्डित स्वर्गीय नारायण पोखरेलको योगदानको सम्झना र कदर गर्दै उहाँका छोरा दीनबन्धु पोखरेलले पनि नेपाली समाजमा बाबुको परम्परा धान्दै हालसम्म चार अर्ब रुपैयाँ रकम संकलन गरी पुनित कार्यमा लगाउनुभएको चर्चा गर्दै उहाँको  प्रशंसा गर्नुभयो। प्रधानमन्त्री नेपालले सरकारले रुकुमका कमला चन्दको जस्तै धेरैको ज्यान जोगियोस् भन्ने हेतुले हेलिएम्बुलेन्सको व्यवस्थापनका लागि विदेशी दातृ राष्ट्रसँग कुरा अघि सारेको र पूर्व, पश्चिम र मध्य गरी तीन स्थानमा हेलिएम्बुलेन्सको व्यवस्था गर्न लागेको पनि जानकारी दिनुभयो।  सो अवसरमा उपस्थित नेपाली काड्ग्रेसका सह–महामन्त्री एवम् प्रवक्ता अजुर्ननरसिंह केसी, नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदीप नेपाल, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपाका उपाध्यक्ष जोगमेहर श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष गोविन्दप्रसाद थापा, नेपाल वार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीलगायतका वक्ताले सो पवित्र कार्यको सफलताका लागि शुभकामना दिनुभएको थियो। आयोजक समितिका संयोजक भूपति खड्काको सभापतित्वमा सम्पन्न सो महायज्ञको उद्घाटन कार्यक्रममा स्वास्थ्यका लागि खाद्यान्न नेपालका अध्यक्ष पार्वती केसीले सबैको सहयोगले थालिएको सो अभियान एक वर्षभित्रमा सम्पन्न गरिने र यसका लागि पण्डित पोखरेलको पूर्ण सहयोग रहने जनाउनुभयो। </description>
गाउँले कुटपिट गरी एक सुराकीलाई मारेपछि प्रहरीको गोली लागी दुईको मृत्यु 
            <description>पर्सा। पर्साको भौराटार गाविसमा बिहान सशस्त्र प्रहरीको गोली प्रहारबाट दुई युवकको र गाँउलेको कुटाईबाट एक प्रहरी सुराकीको मृत्यु भएको छ।  गएराति पर्साको सशस्त्र प्रहरी बागेश्वरी तित्रौना  वेश क्याम्पबाट भौराटार निवासी मेघराज साह कानुको घरमा गाँजा छापामारी गर्न  गएका  सशस्त्र प्रहरीकोेे गोली प्रहारबाट सोही गाविसका दुई युवकको मृत्यु हुनुका साथै अन्य तीनजना घाइते भएका छन्।   प्रहरीको गोली प्रहारबाट भौराटार–७ निवासी रामाधार साहकानुका १८ वर्षीय छोरा संदिप साह कानु र ठग साहका ८ वर्षीय छोरा रुपेश साहको गोली लागि घटनास्थलमै मृत्यु भएको हो।  प्रहरी बेस क्याम्प तित्रौनाबाट प्रहरी निरीक्षक मनोज झाको नेतृत्वमा  गाँउमा छापामार्न गएको सशस्त्र प्रहरीको टोलीलाई स्थानीय वासिन्दाले नियन्त्रणमा लिएर कोठामा थुने पछि सशस्त्र प्रहरीले अन्धाधुन्द गोली चलाउँदा सो घटनाभएको सीमा सुरक्षा बल वीरगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण थापाले जानकारी दिनुभयो।  प्रहरीको गोली प्रहारबाट भौराटार २ का ५० वर्षीय शिवपुजन महतो कोईरी, सोही ठाँउकी ८ वर्षीया बालिका गुडिया कुमारी र १८ वर्षीय मनीषकुमार गम्भीर घाइते भएका छन्। घाइतेहरुको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। कोईरीको देव्रे पाखुरामा, गुडियाको दुबै खुट्टामा र मनिसको एउटा खुट्टामा गोली लागेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक भुनेश्वर साहले बताउनुभएको छ। मृतक दुवैै जनाको भने टाउकोमा गोली लागेको प्रहरीले बताएको छ। घाइतेमध्ये शिवपुजनको अवस्था  चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घटनापछि भौराटार गाँउ आतङ्कित बनेको छ। घटनाको वस्तुस्थिति बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी, नेपाल प्रहरीका जिल्ला प्रमुख प्रहरी उपरीक्षक सुबोध घिमिरे र सीमासुरक्षा बल वीरगन्जका प्रहरी उपरीक्षक राजेन्द बस्नेत घटनास्थलमा पुग्नुभएको छ।</description>
जनतान्त्रिक मधेस मुक्ति टाइगर्सले सुरु गर्‍यो हत्याको सिलसिला 
            <description>गौशाला। महोत्तरी जिल्लाको भरतपुरमा गएराति जनतान्त्रिक मधेस मुक्ति टाइगर्सका कार्यकर्ताहरुले गोली हानी घाइते बनाएको वीरेन्द्र चौधरी थारुको उपचारको क्रममा मृत्यु भएको छ।  गएराति साढे १० बजेको समयमा टाइगर्सका जिल्ला इन्चार्ज अमिताभ विद्रोहीको नेतृत्वमा गएको सशस्त्र कार्यकर्ताहरुले भरतपुर विसनपुर बस्ने लहान साँझा प्रकाशनका कर्मचारी वीरेन्द्र चौधरी थारुलाई गोली हानी र खुकुरी प्रहार समेत गरेर गम्भीर घाइते बनाएको थियो।  आफ्नो समूहको गतिविधिबारे प्रहरीलाई सुराकी गरेको आरोप लगाउँदै टाइगर्सका कार्यकर्ताहरुले थारुलाई गोली र खुकुरी प्रहार गरी घाइते बनाएको इन्चार्ज विद्रोहीले जनाएका थिए।</description>
गृहमन्त्रीले उपल्लो मुस्ताङमा पुगि सुरक्षास्थितिबारे जानकारी लिए 
            <description>मुस्ताङ। गृहमन्त्री भीम रावलले हिमालपारिको जिल्ला मुस्ताङ र चीनको तिब्वतसँग सीमा जोडिएका स्थानहरूको सुरक्षा स्थितिबारे स्थलगत भ्रमण गरी जानकारी लिनुभएको छ।  बिहीबार बिहान हेलिकप्टरबाट उपल्लो मुस्ताङका विभिन्न स्थानहरूमा पुगेर मन्त्री रावलले मुस्ताङ र तिब्बतको सीमाक्षेत्रको स्थलगत भ्रमण गरी सुरक्षा स्थितिबारे जानकारी लिनुभएको जिल्ला प्रसाशन कार्यालय, मुस्ताङले जनाएको छ। गृहमन्त्रीको नेतृत्वमा रहेको टोलीले लोमान्थाङ र आसपासका क्षेत्रमा सुरक्षास्थितिको जानकारी लिएको छ।  मन्त्री रावलले त्यहाँ रहेका सीमा प्रहरी चौकीहरूको समस्याबारे पनि जानकारी लिनुभएको छ। मन्त्री रावलले त्यहाँ सशस्त्र प्रहरीको सीमा सुरक्षा बल स्थापना गरिने जानकारी दिनुभएको छ। मुस्ताङ र तिब्बतका सीमा क्षेत्रमा चीनविरोधी गतिविधि हुन नदिन सुरक्षा स्थिति मजबुत बनाइने बताइएको छ। भ्रमण टोलीमा विभिन्न सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी हुनुहुन्छ।</description>
राष्ट्रपतिको सवालमा कुनै पनि विषय संसदमा छलफल हुँदैनः कांग्रेस कार्यवाहक सभापति कोइराला 
दाहाल र खनालबीच वार्ता, माओवादी लचिलो भएको संकेत
            <description>काठमाडौ। राजनीतिक सहमति जुटाउन राजनीतिक दलका नेताहरु छलफलमा व्यस्त रहेका छन् ।  यसैक्रममा नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ बजारस्थित दाहाल निवासमा छलफल भएको छ ।  अध्यक्ष खनालले राजनीतिक गतिरोध अन्त्य गर्नका निम्ति एकीकृत नेकपा माओवादी लचिलो भएको आफूले पाएको जानकारी दिनुभयो।  छलफल सकारात्मक रहेको जानकारी दिँदै अध्यक्ष खनालले गतिरोध छिट्टै अन्त्य हुनेमा आफू आशावादी रहेको बताउनुभयो।</description>
मुस्ताङबाट चीनको सीमामा सशस्त्र प्रहरी परिचालन सुरु
काङ्ग्रेसले गर्दै आएको दशैको चियापान यस बर्ष असोज १७ गते शनिबार   
            <description>काठमाडौ। नेपाली काङ्ग्रेसले विजयादशमी–२०६६ को उपलक्ष्यमा यही असोज १७ गते शनिबार चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ।  वीपीनगर सानेपाको पार्टी केन्द्रीय कार्यालय निर्माणको क्रममा रहेकोले यसपटक चियापान कार्यक्रम भृकुटीमण्डप प्रर्दशनीमार्गमा आयोजना गरिनेे नेपाली काङ्ग्रेसका मुख्य सचिव रामचन्द्र पोखरेलले बताउनुभयो।  नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर प्रवासबाट २०३३ सालमा स्वदेश फर्किएपछि मेलमिलापको राजनीतिलाई अघि बढाउन स्वर्गीय कोइरालाबाटै विजयादशमीको अवसर पारेर हरेक वर्ष चियापान गर्ने परम्परा सुरु भएको हो।  नेपाली काङ्ग्रेसको चियापानको सो परम्परालाई पार्टीका नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत वर्तमान पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले निरन्तरता दिँदै आउनु भएको छ।   सो चियापान कार्यक्रममा राजनीतिक दलका नेताहरु, बुद्धिजीवि, कुटनीतिक नियोगका  प्रमुखहरु, उच्चपदस्थ सरकारी अधिकारीहरु, मन्त्रीहरु, व्यापारी, उद्योगी, पत्रकारलगायतलाई आमन्त्रण गरिएको छ।</description>
सुरक्षा योजना कडाइका साथ लागू गर्न गृहमन्त्रीको निर्देशन 
            <description>इटहरी। गृहमन्त्री भीम रावलले सरकारले ल्याएको विशेष सुरक्षा योजनालाई कडाइका साथ कार्यान्वयन गर्न पूर्वी नेपालका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ। धरानमा भएको घटनाका विषयमा जानकारी लिन बुधबार आइपुग्नुभएका गृहमन्त्री रावलले क्षेत्रीय प्रहरी इकाइ कार्यालय, धरानमा आयोजना गरिएको सुरक्षाप्रमुखहरुको बैठकलाई सम्बोधन गर्नेक्रममा सो निर्देशन दिनुभएको हो। उहाँले पछिल्लो समयमा पूर्वी नेपालको सुरक्षा अवस्था सन्तोषजनक रहेको सरकारले महसुस गरेको बताउनुभयो। गृहमन्त्री रावलले आम नेपाली जनताले सुरक्षाको प्रत्याभूति गर्न पाउनुपर्ने स्थितिको सिर्जना गराउन सुरक्षा निकायका सबै बीच समन्वय हुनु जरुरी रहेको पनि टिप्पणी गर्नुभयो। राज्यले अख्तियारी गरेको सुरक्षा व्यवस्था नमान्ने जो कोही भए पनि त्यो राज्यको नजरमा अपराधी हुन्छ भन्दै मन्त्री रावलले राजनीतिक दल वा समूहका नाममा गरिने अपराध, चन्दा आतङ्क वा अन्य कुनै पनि अपराध क्षम्य नहुने बताउनुभयो। सो अवसरमा निमित्त क्षेत्रीय प्रशासक गणेश खत्रीले पूर्वी नेपालमा कार्यान्वयन गरिएको सुरक्षाको अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो।  बैठकमा प्रहरी नायब महानिरीक्षक भीष्म प्रसाईंले पूर्वी नेपालमा परिचालित सुरक्षा निकायले प्राप्त गरेको सफलता र प्रगतिका विषयमा मन्त्री रावललाई जानकारी दिनुभयो। बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीलगायतले पनि आ–आफ्नो जिल्लाको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो।  सोही बैठकले धरानमा भएको घटनामा परी मृत्यु भएकाहरुलाई जनही २५ हजार आपतकालीन राहत दिने निर्णय गर्नुका साथै घटनाको वास्तविकता छानबिनका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायको संयोजकत्वमा चार सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ।  बैठकले मृतकका आफन्तहरुको आग्रहअनुसार लासको पोस्टमार्टम नगर्ने निर्णयसमेत गरेको छ।</description>
माओवादी अध्यक्ष दाहालको चारमहिनापछि राष्टपतिसँग भेट 
            <description>काठमाडौं। सेनापति विवादमा राष्ट्रपतिलाई कालो झण्डा देखाउने देखि बहिष्कारसमेत गर्दै आएको एनेकपा माओवादीका अध्यक्षले राष्टपति डा रामवरण यादवसँग भेटवार्ता गरेका छन्। बुधबार साँझ राष्ट्रपति निवास पुगेका दाहाल झण्डै एक घण्टा राष्ट्रपतिसँग छलफल गरेका थिए। सेनापति विवादमा राजिनामा दिएका दाहालले राजिनामा दिने क्रममा भेटेपछि राष्टपतिसँग भेटेका थिएनन् भने माओवादी कुनै पनि नेताले पनि राष्टपतिसँग भेट गरेका थिएनन्। भेटपछि बाहिरे क्रममा हसिलो मुद्रामा दाहालले नागरिक अधिकारका लागि राष्ट्रपति सकारात्मक रहेको बताए।  राष्ट्रपतिले आफू बाधक बनेर नागरिक सर्वोच्चता गुम्न नदिने बचन आफूलाई दिएको दाहालको दाबी थियो। भने आन्दोलनका कार्यक्रम भने सहमति नभएसम्म कुनै पनि परिवर्तन नहुने दाहालले बताए। </description>
गहृमन्त्रालयद्वारा चर्च दुर्घटना छानबिन गर्न टोली गठन 
            <description>काठमाडौ। गृह मन्त्रालयले धरान नगरपालिका वडा नं. १९ भिक्टोरिया चोकस्थित सियोन प्रार्थना भवनमा भएको घटना के कस्तो लापरवाहीका कारणले घट्न गएको हो र आगामी दिनमा त्यस किसिमको घटना हुन नदिन सुझावसहितको छानबिन प्रतिवेदन १५ दिनभित्र मन्त्रालयलाई बुझाउन एक छानबिन टोली गठन गरेको छ। मन्त्रालयद्वारा आज जारी विज्ञप्ति अनुसार सो टोलीमा सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिहर दाहाल संयोजक तथा सदस्यहरूमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्र ढकाल, सहायक जिल्ला न्यायाधिवक्ता प्रमेश पोखरेल, जिल्ला न्यायाधिवक्ताको कार्यालय सुनसरी र डिभिजन भवन कार्यालय विराटनगरका असिस्टेन्ट इन्जिनियर प्रदीपकुमार सिंह रहनुभएको छ। सियोन प्रार्थना भवनमा धार्मिक सभाका लागि भेला भएका महिला धर्मावलम्बीहरूका लागि तयार गरेको बाँसले बनाइएको तीनतले अस्थायी टहराघर अचानक भत्किन गई घटनास्थलमा पुरिएर २३ जनाको दुःखद निधन र ६३ जना घाइते हुन गएकोमा मन्त्रालयको गम्भीर ध्यान भ्ाएको विज्ञप्तिमा जनाइएको छ। उक्त घटनाबारे प्रधानमन्त्रीको निर्देशनमा धरानस्थित विपी कोइराला अस्पतालमा आज गृहमन्त्री भीम रावल पुग्नुभई घाइते बिरामीसँग भेट गरी उहाँहरूको उपचार व्यवस्थाबारेमा जानकारी लिनुभई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। गृहमन्त्री रावलले मृतकका आफन्तहरूसँग भेटी नेपाल सरकारको तर्फबाट संवेदना प्रकट गर्नुभएको छ। गृहमन्त्री रावलले घटनास्थलको निरीक्षणपश्चात प्रार्थना भवनका पदाधिकारीहरूसँग कुरा गर्दै घाइते बिरामीको सम्पूर्ण उपचारको व्यवस्था सरकारले मिलाउने आश्वासन दिनुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।</description>
बास बसेको घर भत्कँदा २३ क्रिस्चियन धर्मावलम्बीहरुको मृत्यु, ६५ घाइते, प्रमद्वारा दुःख प्रकट 
            <description>धरान। क्रिस्चियन धर्मावलम्बीहरुको धरानमा भइरहेको धार्मिक महासम्मेलनमा क्रममा बास बसेको घर भत्कँदा गए राति २३ जनाको मृत्यु भएको छ।धरान– १९ स्थित महासम्मेलन सम्पन्न गर्न बनाइएको घरको छतले किचिएर अरू ६५ जना गम्भीर घाइते भएका छन्।अधिक मानिस सहभागी रहेको महासम्मेलनस्थलमा बनाइएको भवनको छतले किचिएर झापा वेलडाँगी शिविरकी ८२ वर्षीया दिलमाया ल्वागुन, उदयपुर ठोक्सिलाका २३ वर्षीय राजेश राई र मोरङ बेलवारी–३ का ३६ वर्षीय राजेन राईको घटनास्थलमा नै मृत्यु भएको छ।उक्त घटनामा मृगौली रुपन्देहीकी ४० वर्षीया कलावती खौसियार, मोरङ डाँगिहाटका ६० वर्षीय किसन चौधरी, सोही ठाउँकी ५० वर्षीया पुनम मगर र मोरङ चन्द्रपुरकी ५५ वर्षीया कुमारी तामाङको पनि मृत्यु भएको छ।यसैगरी याशोक पाँचथरका ४७ वर्षीय पिटर लावती, कास्कीकी २५ वर्षीया कल्पना थलामी, इटहरी–३ का ४५ वर्षीय नन्दकिशोर लिम्बू, भद्रपुरकी ४० वर्षीया सरोजा लिम्बू, झापाकी १२ वर्षीया आशा राईको पनि उक्त घटनामा मृत्यु भएको प्रहरीले बताएको छ। भने उपचारकै क्रममा अस्पतालमा तीन जनाको मृत्यु भएको छ।त्यस्तै सो घटनामा मृत्य हुनेमा ललिपुरकी ४८ वर्षीया सरिता दियाली, झापाकी नौ वर्षीया शिपला सुब्बा, वेलडाँगी शिविरकी नन्दीमाया विक, भारतका ३५ वर्षीया निरु राई र झापाका १० वर्षीय अरुण सिंह राई रहेका छन्।प्रहरीका अनुसार मोरङ डाँगिहाटकी ३७ वर्षीया पवित्रा लिम्बू, हाँसपोसा–२ तरहराकी ६० वर्षीया गोमा भुजेल, सुनसरी पाँचकन्याकी ५० वर्षीया अरिमाया राई, विर्तामोडका २८ वर्षीय भट्सी मेचे र काठमाडौँका सात वर्षीय सूर्यमान तामाङको पनि सोही घटनामा मृत्यु भएको छ।घटनामा परी गम्भीर घाइते भएका सबैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ। </description>
कांग्रेस र एमाले साझा सहमतिको प्रस्ताव तयार गर्ने 
            <description>काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीचको छलफलमा माओवादी ल्याउन दबाब दिएको संकल्प प्रस्तावका सट्टामा साझा सहमतिको प्रस्ताव तयार गर्न सहमत भएका छन्। बिहीबारको माओवादीसँग हुने छलफलमा सत्तारुढ दुई दलले सो सहमति गरेका हुन्। कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंह र विमलेन्द्र निधि र एमालेका तफृबाट युवराज ज्ञवाली, प्रदीप ज्ञवाली र उर्मिला अर्याल सहभागि रहेको बैठकमा प्रधान सेनापति प्रकरण संसदमा बहुमत रहेका १८ दलको अनुरोधलाई राष्ट्रपतिले कार्यान्वयन मात्र गरेको हुँदा राष्ट्रपतिको कुनै गल्ती नरहेको कुरामा पनि छलफल भएको थियो। तर माओवादीले उक्त विषयमा नै संसद अवरोध गर्दै आएकाले उस्ले भनेको जस्तै नभएर केहि बुँदा समेट्ने गरी नागरिक सर्वोच्चतालाई नै सम्बोधन हुने गरी सबैलाई मान्य हुने प्रस्ताव तयार गर्ने भएका छन्।</description>
मातृका यादव तराईका सशस्त्र समूहको शरणमा 
            <description>विराटनगर । नेकपा माओवादीसँग अलगिएर छुट्टै नेकपा माओवादी पार्टी गठन गरेका मातृकाप्रसाद यादवले तराईमा सशस्त्र विद्रोह गरिरहेका तीनजना नेतासित कार्यगत एकताका लागि कुराकानी भइरहेका खुलासा गरेका छन् । जयकृष्ण गोइत, विलासी यादव र पृथ्वी सिंहसहितका पुराना साथीहरुसँग आफ्नो कुराकानी भइरहेको यादवले बताए। उनले उनीहरुसँग कार्यगत एकता गरेर जाने पक्षमा आफू रहेको बताए।सरकार विशेष सुरक्षा योजनाको नाउँमा जनतालाई अधिकारविहीन र दमन गर्ने षड्यन्त्र गरेको दाबी उनको छ। उनले जनताको अधिकार नदिन र दमन गर्न विशेष सुरक्षा योजना ल्याएको स्पष्ट पार्दै मधेसलाई लुट्न र पहाडका जनजातिप्रति षडयन्त्र गर्न योजना केन्द्रित रहेको आरोप लगाए।सुरक्षाका नाममा नक्कली इन्काउन्टर गरेर राज्यले व्यक्तिको हत्या गरिरहेको आरोप लगाए। अहिलेको अवस्थामा छुट्टै मधेसको माग उचित नभएको जनाउँदै यादवले आत्मनिर्णय सहितको स्वायत्तता आवश्यकता रहेको बताए।</description>
सङ्क्रमण लम्बिने हुँदा सरकार ढाल्ने खेलमा नलाग्न नेका कावा सभापति कोइराला आग्रह 
            <description>बाँके। नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले वर्तमान सरकार ढाल्ने षड्यन्त्र भए मुलुकमा संक्रमणकाल लम्बिने र त्यसो भएमा मुलुक गृहयुद्धमा फस्ने बताउनुभएको छ।  नेपाली काङ्ग्रेस बाँकेद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एकीकृत नेकपा (माओवादी)ले एक पछि अर्को गर्दै प्रजातान्त्रिक व्यवस्थालाई तहसनहस पार्न खोजेको आरोप लगाउनुभयो।  उहाँले राष्ट्रपतिको कदमले लोकतन्त्रको रक्षा गरेको बताउँदै राष्ट्रपतिले कदम नचालेको भए सोही दिनदेखि मुलुकमा प्रजातन्त्र खतरामा पर्दथ्यो, भन्नुभयो।  उहाँले पार्टीभित्र चरम गुटबन्दी भएको भन्दै पार्टीलाई भावनात्मक रुपमा एक बनाउन नेतामुखी नभइ नीतिमुखी व्यवहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो।</description>
नवलपरासीमा फैलिएको झाडापखाला नियन्त्रणमा  
            <description>परासी। नवलपरासीको विभिन्न चार गाउँ विकास समितिमा एक महिनाअघिदेखि फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ।  झाडपखाला पीडित स्थानमा लामो समयसम्म पर्याप्त औषधि र चिकित्सकको टोली खटाइएपछि एक महिनाअघिदेखि फैलिएको झाडापखाला सबै स्थानमा नियन्त्रणमा आएको हो।  नवलपरासीको सुनवल, बहरादुबैलिया, गुठीप्रसौनी र पाल्ही गाविसमा झाडापखालाको प्रकोप फैलिएको थियो।  यस अगाबै नवलपरासीमा फैलिएको झाडापखालाका कारण हकुई– ९ सीतापुरका– १० वर्षीय कान्छा हरिजन र गुठीप्रसौनी– ३ का ६७ वर्षीय जीतेन्द्र भरको मृत्यु भएको थियो।  झाडापखालाका कारण सुनवलमा ४० जना, बहरादुबैलिया ६० जना, गुठीप्रसौनी ५० जना र पाल्ही गाविसमा ५० जना बिरामी परेका थिए।</description>